नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

पाेखरा | माघ २५, २०७९

नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

पोखरा:     इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ ।


आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो । विशेषतस् गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिम्मा पनि मेरै हातमा परेको र यसलाई कति न्याय गर्न सकें त्यो दर्शकले मूल्याङ्कन गर्नुहुनेमा विश्वस्त रहेको बताउनुभयो ।


शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु  मैले नै निर्देशन गर्ने मौका पाएका पनि जनाउदै पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।


शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ९आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो ।


लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो ।


कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो र नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो । 

 

उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो  । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण  रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो ।


नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।
नाटकको सह निर्देशक लक्ष्मण डुम्रे हुनुहुन्छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्